कास्की : बिगत लामो समयदेखि पोखरा बिश्वबिद्यालयमा उप-कुलपति र रजिस्टारको पद रिक्त भएर लकडाउनको समयमा परिक्षा र अन्य गतिबिधि सम्बन्धी कुनै निर्णय नआएको हनाले नेपाल बिद्यार्थी संघ ला ग्राण्डी ईकाई समितिद्वारा प्लेकार्ड बोकेर बिरोध कार्यक्रम आयोजना गरेको थिए।
उक्त्त कार्यक्रममा प्रमुख अतिथि ने बि संघ ला ग्राण्डीका निबर्तमान सभापति बिनय पौडेल थिए भने बर्तमान अध्यक्ष जीवन भन्डारी , उप-सभापति बिकल पौडेल र बिद्यार्थी नेता सुदिप नेउपाने , सन्तोष सिग्देल,अनुज अधिकारी,सन्दीप रेग्मी लगाएत अन्य बिद्यार्थी नेताहरुको सहभगिता थियो।
निबर्तमान अध्यक्ष बिनय पौडेलले सरकारको पोखरा बिश्वबिद्यालय प्रति चरम लापरबाही भएकोले बिद्यार्थीहरु ले अवाज उठाऊन जरुरी छ र भविस्यमा पनि बिद्यार्थीहरु आफू प्रति भएको अन्याय प्रति अवाज उठाऊन पर्ने बताए। बर्तमान सभापति जीवन भन्डारी द्वारा उप उपकुलपति र रेजीस्टार नियुक्ति नभए सम्म बिरोध जारि रहने जानकारी आएको थियो।
बिद्यार्थी नेता एबम ने.बि संघ ला ग्राण्डीका सचिब संस्कार कोइराला अनुसार पोखरा बिश्वबिद्यालय र त्यस अन्तर्गत पर्ने बिद्यालयहरुमा अध्यानरत ४० हजार बिद्यार्थीहरु सरकारको पोखरा बिश्वबिद्यालय प्रतिको लम्पसारवाद र भागवन्डाको खेलले पिडीत भएका छन्।
पोखरा बिश्वबिद्यालयको कुलपति सम्माननीय प्रधानमन्त्री ज्युको पोखरा बिश्वबिद्यालय र बिद्यार्थीहरु प्रति ध्यनाकर्षणको लागि माग राख्दै ने बि संघ ला ग्राण्डीले प्लेकार्ड प्रदर्शन गरेको र ने बि संघले उपकुलपति नियुक्ति नभएसम्म अभियान जारी गर्ने ऊनले बताए।