नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, २४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो, २४ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण र एक जनाको मृत्यु भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ५ सय ३८ जनामा कोरोना भाइरस संक्रमण र एकजनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार अब देशैभर संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

संक्रमितमध्ये २ हजार २ सय २४ जना उपचारपछि घर फर्किएका छन् भने २४ जनाको ज्यान गइसकेको छ ।

सम्बन्धित खवर