प्रधानमन्त्रीलाई अशोक भट्टको खुल्ला पत्र

प्रधानमन्त्रीलाई अशोक भट्टको खुल्ला पत्र

सम्मानिय प्रधानमन्त्री केपि शर्मा ओलि ज्यु,
म पोखरा बिस्वबिध्यालय मा अध्यनरत छात्र अशोक भट्ट को तर्फ बाट स्विकार्नुस सादर नमस्कार.!

२०७४ साल फागुन ३ गते तपाइलाइ देशको बलियो दुई तिहाइ सरकार को बलियो प्रधानमन्त्रीका रुपमा चयन गरिएको थियो, त्यसदिन सारा देश खुशियाली मनाइरहेको थियो जसअन्तर्गत म पनि थिए । सारा बिधार्थी खुशियाली मा झुमिरहेका थिए, सबैलाइ अब देशको शिक्षा प्रणाली मा बिकास हुन्छ, देश समृद्धी तर्फ लाग्छ, युवाहरुले शिक्षा का लागि बिदेशिने बाध्यता आउदैन जस्तो लागेको थियो तर आज त्यही दुई तिहाइ सरकार को करिव तीन बर्ष बित्दै गर्दा हामी ती वाक्यहरुलाइ छ भन्न छोडेर थियो भन्न बाध्य भएका छौ । तपाईं आफै बिचार गरिदिनु होला पछिल्लो तीन बर्ष मा शिक्षा क्षेत्र कता तर्फ लागेको छ । एउटा सामान्य सरकारी बिधालय को कामदार देखि लिएर प्रधानाध्यापक सम्म राजनितिक तवरले नियुक्ती हुन्छ । अरु त के कुरा गर्नु हजुर, त्यसै बिधालयमा कामदार ले प्रधानाध्यापक को सरुवा गर्ने धम्की समेत दिन्छ त्यो पनि राजनितिक दम्भ का आधारमा । हुनत यो तपाइको गल्ती होइन होला तर भनिन्छ नि कुनै पनि टिम को कप्तानको ठूलो हात हुन्छ टिमलाइ सहि या गलत दिशा तर्फ लग्न त्यसैले मलाइ मात्रै नभएर सारा जनतालाइ तपाइकै दोष हो जस्तो लागेको छ यस्मा पनि। सायद तपाइको नियत ठिक भएको भए तपाइका तल्लो दर्जामा रहनेले यस्तो गर्थेनन् होलान । अब तपाइलाइ लाग्न सक्छ यस्मा तपाइको नियत कसरी देखियो तर प्रधानमन्त्री ज्यु एउटा देशको मेरुदण्ड मानिने बिस्वबिध्यालय को उपकुलपती ९ महिना सम्म रिक्त राख्नमा त तपाइको नियत देखिन्छ, शिक्षा क्षेत्र मा शिक्षा लिन जाने छात्रा को बलत्कार को प्रयास भयो तर बलत्कार प्रयास गर्नेलाई राजनितिक दम्भकै आधारमा छुटाइयो यस्मा तपाइको नियतमा खोट लागेको प्रष्ट देखिन्छ , पछिल्ला तीन बर्षमा कयौ प्रश्नपत्रहरु बाहिरिहेका छन, पोखरा बिस्वबिध्यालय को त परिक्षा नियन्त्रकको कार्यलयको कम्पुटर समेत ह्याक भएको छ, काठमाण्डौ बिस्वबिध्यालय मा रजिस्ट्रार ले आफ्नो छोरिको इन्ट्रान्स मा नाम निकालिदिएको अनिमियतता बाहिर आएको छ, सुदुरपस्चिमान्चल बिस्वबिध्यालय मा उपकुलपती बस्दै नबस्ने कुरा आएको छ तर सबै ढाकछेप भएका छन। यस्मा तपाइको नियतले शिक्षा क्षेत्र मजाक लिएर बेच्न खोजेको प्रस्ट हुन्छ । तपाई देशको सक्षम प्रधानमन्त्री हो कि हैन यो त भबिस्य ले बताउला तर यसरी नै जाने हो भने तपाईं देशको सक्षम कुलपती भने बन्न सक्नु हुने छैन ।

यो त भयो अहिले सम्म भएका गल्तीहरु तर अब त सच्चिदिनुस प्रधनमन्त्री ज्यु, अब त सोचेर निर्णय लिनुस । अत्याधिक दुख त तब लाग्छ जब तपाईं देशका बारेमा सम्बोधन गर्न तयार बन्नु हुन्छ र हामी टेलिभिजन अगाडि बस्छौ आज त केही शिक्षा क्षेत्रका बारेमा पनि सम्बोधन होला भनेर तर फेरि तपाईं त्यहीँ अदुवा, बेसारको सम्बोधन गर्नु हुन्छ तर शिक्षा क्षेत्र तर्फ तपाइलाइ कुनै ध्यान नै छैन। वर्तमान अवस्थामा तपाइको सरकारले सरकारी बिधालय निजिको जिम्मा दिन तयार भयो तर तपाईं मौन, आखिर यो किन प्रधानमन्त्री ज्यु? कति पाउनु भयो त्यता बाट भत्ता? तपाइको सरकार ले SEE दिने सम्पुर्ण लाई आन्तरिक का आधारमा निर्णय गर्ने त गर्यो तर ती बिधार्थी को कुनै ब्यबस्थापन छ र ? कि मन लाग्यो पास गर्नुभयो? बिर्सनु भयो कि देशमा यस्ता बिधालय पनि छन जसमा बिधार्थी परीक्षा मात्रै दिन्छन् तर घरमै बसेर पढ्छन् त्यस्ता लाई कुन आन्तरिक का आधारमा मुल्याङ्कन गर्ने तयारी गर्नु भएको छ तपाइले? यसरी भोलीका दिनमा देशले दक्ष जनशक्ती पाउछ त ? यदि पाउदैन भने शिक्षालाई किन बेच्दै हुनुहुन्छ त? अनि १२ को परीक्षा गर्न सकिने, स्नाकोत्तर गर्न सकिने तर कक्षा १० र ११ को नसकिने किन भयो ? तपाइको सरकारले त प्रस्टै पारिसक्यो कि तपाइहरु कुनै योजना बिना मुखमा आएको बोल्नु हुदो रहेछ! यहि हो दुई तिहाइ को सरकार बाट बिधार्थी ले चाहेको? यहि हो यति बलियो सरकारले शिक्षा क्षेत्र मा गर्न सक्ने प्रगती?

यो त भयो बिधालय का कुरा अब बिस्वबिधालय को सोच्दा त झन दया लाग्ने अवस्था छ। त्रिभुवन बिस्वबिध्यालय मा तपाइले आफ्नो मानिसलाइ भर्खरै डिन नियुक्त गर्नु भएछ तर नियम मिचेर, अनि किन हो तपाईं आफ्नै नियम आफै पालना गर्न नसक्नु हुने? नियम जनता लाई मात्रै हो र? सरकारलाई मन लागेको गर्न पाउने हो दुई तिहाइ मा? ल त्यो त छोडौ गल्ती भयो होला, अब सुधार्नु हुन्छ होला आशा छ तपाईं जस्तो जान्नेबुज्ने प्रधानमन्त्रीबाट । अब पोखरा बिस्वबिध्यालय को हालत हेरौ अझै दयनिय, बिस्वबिध्यालय बिगत ९ महिना बाट परिवार रिक्त, न उपकुलपती छ न रजिस्ट्रार अझै भर्खरै परीक्षा नियन्त्रक, डिनहरु पनि रिक्त भएका छन अनि कुलपती को नाता ले तपाइले उपकुलपती नियुक्ती गर्नु पर्ने हैन र, असक्षम हुनुहुन्छ भने राजिनामा दिनुस न के हेर्नू भएको? हुदैन भन्नुस राजिनामा दिनुस हामी सक्षम खोजौल । बेसार, अदुवा पछि सोचौला अहिले बिस्वबिध्यालय सोचिदिनुस। सबैलाइ अहिले बिस्वबिध्यालय टुहुरो लाग्दै गर्दा तपाईं कान मा तेल हालेर नसुनेझै गर्ने कस्तो असक्षम कुलपती हो.? अरु बिस्वबिध्यालय को त कुरै नगरौ! कतै तपाइलाइ सबै बिस्वबिधालय को नाम पनि थाहा छैन कि भन्ने चिन्ता छ मलाइ त!

हुनत तपाइलाइ याद होस पनि कसरी तपाईं आफै आत्मबोध गरेर सोच्नुस तपाईं कुलपती का हिसाब ले बर्षमा कतिपटक बिस्वबिध्यालय प्रवेश गर्नुहुन्छ? यस्को उत्तर हो बडिमा दुइपटक नत्र कुनै बर्ष त तपाईं प्रवेश समेत गर्नुहुन्न । त्यो दुइपटक पनि दिक्षान्त समारोह र सिनेट बैठकमा। अब यसरी बर्षमा दुइपटक मात्र समय दिन सक्ने ठाउँ को कुलपती पद खादा तपाइहरुलाइ कुनै लाज छैन? समय छैन भने छोड्नुस कुनै सक्षम बस्ला त्यो कुर्शिमा तर यसरी लाज पचाएर नबस्नुस यहि बिनम्र अनुरोध छ।

मलाइ अझै स्मरण छ तपाईं पहिलो पटक प्रधानमन्त्री हुदा कुलपती का नाताले २०१६ मार्च ११ का दिन काठमाण्डौ बिस्वबिध्यालय मा बोल्दै भन्नू भएको थियो प्रधानमन्त्री नै कुलपती हुने प्रविधी अब छिट्टै अन्त्य हुने छ र त्यस्को सुरुवात तपाईं बाटै हुनेछ तर आज तीन बर्ष बित्दा पनि त्यो बोली पूरा गर्ने कुनै छाट्काट समेत छैन्? त्यस्तै बिस्वबिध्यालय अनुदान आयोग (युसिजी) को १४औ बार्षिक भेला मा तपाइका एक बरिष्ट नेता तथा तत्कालिन शिक्षामन्त्री प्रदिप नेपालले ‘प्रधानमन्त्री शैक्षिक क्षेत्रको विज्ञ नभएकाले’ विश्वविद्यालयको कुलपति हुने प्रणाली हटाइनुपर्छ भन्नुभएको थियो। तर त्यस्को छाटकाट पनि छैन कस्तो हो ? यसरी बोलेर आशा मात्रै देखाउन बन्द गर्नुस प्रधानमन्त्री ज्यु सक्ने बोल्नुस नत्र सक्दैन भन्नुस । के सहि हो थाहा त रहेछ तर फेरि त्यही कुर्सी प्यारो भएछ तपाइलाइ ।

प्रधानमन्त्री (कुलपती) ज्यु एउटा सामान्य सुझाव दिन्छु हात जोडेर मेरो बिन्ती छ यदि आफ्नो इज्जत केही पनि प्यारो छ भने शिक्षा क्षेत्र यसरी नबेचिदिनुस । यसरी बेचेर धन त करौडौ कमाउनु होला तपाइका आसेपासे ले वाहवाह पनि गर्लान तर हामी जस्ता आम बिधार्थी ले ईतिहास कै असक्षम कुलपती तथा प्रधानमन्त्री भन्दा तपाइको नाम लिन बाध्य हुने छौ, तपाइको नाम सुन्दा समेत थुक्ने बाध्यता हामी मा नआवोस, यस्तो बलियो सरकार आउदा हामिलाइ बलियो र योजना भएका निर्णय को जरुरत छ नाकी यस्ता नचाहिदा र योजनाबिहिन को । यति भन्दै आफ्ना शब्द टुङ्ग्याउछु । नमस्कार ।

सम्बन्धित खवर