जनमत विद्यार्थी संघद्वारा नागरिकता बिधेयकका विषयमा बिरोध प्रर्दशन

जनमत विद्यार्थी संघद्वारा नागरिकता बिधेयकका विषयमा बिरोध प्रर्दशन

राजेन्द्र महतो, लहान

डाक्टर सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन जनमत विद्यार्थी संघका विद्यार्थी नेताहरुले सरकारले ल्याउन लागेको वैवाहिक अंगीकृत नागरिकता बिधेयकका विरुद्धमा प्रदर्शन थालेका छन् । विद्यार्थीहरुको मंगलबार सिरहाको लहानमा बिरोध प्रर्दशन गरेका हुन् ।

सरकारले मधेसी समुदायलाई लक्षित गरि वर्षौँदेखि रहि आएको भारतसंगको रोटी बेटीको सम्बन्धलाई सक्काउन यो वियेधक ल्याउन लागेको भन्दै वियेधकका विरुद्ध नारावाजी गर्दै बिरोध प्रदर्शन गरेका हुन्।

सिरहाको लहान स्थित पशुपति आदर्श उच्च माध्यमिक विद्यालयको प्राङ्गणबाट निकालिएको सो बिरोध ¥याली नगर परिक्रमा गरी रमेश चौकमा कोणसभा गरेका थिए ।

उक्त ¥यालीमा पार्टीका युवा नेता बालेश्वर यादव, बिष्णु गुप्ता, जनमत विद्यार्थी संघका केन्द्रिय अध्यक्ष पोषण यादव, संघका केन्द्रिय सदस्य नबरतन साह, महिला विद्यार्थी नेतृ बिनिता कुमारी महतो लगायत सयौं विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बिभेदकारी नागरिकता प्राबधान खारेज गर, मधेस एकता जिन्दावाद, महिला हिंसा बन्द गर, मधेसी माथीको बिभेद अन्त्य गर, केपि ओलिको सरकार मुर्दाबाद, महिलालाई हेप्न पाईदैन, सबैलाई सम्मान ब्यवहार गर लगायतका नारा लगाउदै बिरोध गरेका छन् ।

नेकपाको सचिवालय बैठकले विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय मधेशी जनभावना विपरीत रहेको भन्दै विद्यार्थी नेताहरुले कडा रुपमा विरोध गरेका हुन् ।

संघका केन्द्रिय अध्यक्ष पोषण यादवले भने सरकारले मधेशी समुदायप्रति लक्षित गरेर ल्याएको यो विभेदकारी विधेक अविलम्ब फर्ता लिनुपर्ने माग गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिले संसदमा पठाउन लागेको भनिएको नागरिकता ऐन संशोधन विधेयक मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक सहितका उत्पीडित वर्गका जनताहरूले पटक पटक गरेको आन्दोलन र त्यसबाट प्राप्त उपलब्धिहरू प्रति प्रतिगामी र जनचाहना विपरित रहेको बताएका छन् ।

सम्बन्धित खवर