आरसिसि सडक बन्न लागेपछि कल्याणपुरका स्थानीयमा खुसी

आरसिसि सडक बन्न लागेपछि कल्याणपुरका स्थानीयमा खुसी

राजेन्द्र महतो, लहान

सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ६ भोक्राहामा १३० मिटरको आरसिसि सडक बन्न लागेपछि स्थानीयहरु खुसी भएका छन्।

बर्षा यामको बेला सडकमा हिलो हुदा खेतबारी तथा गाउँमा हिडन कठिनाइ भोगिरहेका स्थानीयहरु पक्की सडक बन्न लागेपछि खुसी भएका हुन् ।

सिरहा निर्वाचन क्षेत्र नं. ४ ख बाट निर्वाचित भएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलको संसदीय विकाश कोषबाट उक्त पक्की सडक बन्न लागेको हो।

कल्याणपुर नगरपालिका ६ भोक्राहा मलाह टोलमा १० लाखको लागतमा ११ फिट लम्बाइ, ८ इन्च मोटाइ र ४ इन्च ग्राभेल समेत १३० मिटर पक्की सडक निर्माणको कार्य अन्तिम चरण्मा रहेको आरसिसि सडक निर्माण समितिले जानकारी दिएको छ ।

बर्षा यामको बेला सडकमा हिलो हुदा खेतबारी तथा गाउँमा हिडडुल समेत कठिनाइ भइरहेको स्थानीय लाखुन कुमार साहले बताएका छन् ।

पक्की सडक बन्न लागेपछि स्थानीयमा खुसी छाएको शिव कुमार साहले बताए ।

यसअघि सडकमा ग्राभेल समेत नहुदा बर्षा याममा घर बाहिर निस्कन समेत स्थानीयलार्इ मुस्किल पर्ने गरेको
समाजवादी पार्टीका स्थानीय युवा नेता कुशेश्वर साह पन्जियारले बताए ।

युवा नेता पन्जियारले स्थानीय जनप्रतिनिधिले स–साना काम प्रती चासो नलिएको भन्दै यस्ता कामप्रति चासोका साथ स्थानीय सरकारलाई अग्रसर हुनुपर्ने बताएका छ्न् ।

गत वर्ष नगरपालिकाले केही वडामा आरसिसि ढलान गरे पनि भोक्राहा मलाह टोलमा नहुदा सर्व साधारण कठिनाइ भोगिरहेका थिए ।

सम्बन्धित खवर