नेपालमा थप ५ सय ३५ जनामा कोरोना , संक्रमिको संख्या ९ हजार ५ सय ६१ पुग्याे

नेपालमा थप ५ सय ३५ जनामा कोरोना , संक्रमिको संख्या ९ हजार ५ सय ६१ पुग्याे

काठमाण्डौ : नेपालमा पछिल्लो २४ घन्टामा ५ सय ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेस्वर प्रसाद गौतमले नियमित प्रेस ब्रिफिङमा ५ सय ३५ संक्रमित भेटिएको जानकारी दिएका हुन। यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ९ हजार ५ सय ६१  पुगेको छ ।

गौतमका अनुसार हालसम्म देशका ७६ जिल्लामा कोरोना संक्रमण देखिएको छ । रसुवा जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको हो ।

नेपालमा संक्रमित मध्ये २  हजार १ सय ४२  जना निको भएर घर फर्किसकेका छन् । जसमध्ये पछिल्लो २४ घन्टामा स्वास्थ्य लाभ  गर्नेको संख्या ३ सय ७० रहेको छ  ।

नेपालमा कोरोना भाइरसबाट हालसम्म  २३ जनाको ज्यान गएको  छ ।

सम्बन्धित खवर