गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ५ सय ५६ पुग्यो

गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ५ सय ५६ पुग्यो

कास्की : गण्डकी प्रदेशमा आइतबार थप ३६ जनामा कोरोना संक्रमित थपिए सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या ५ सय ५६ पुगेको छ । सोमबार नवलपुरमा २४ जना र स्याङजामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

नवलपुरको बुलिङ्गटार गाउँपालिकाका १४, बौदिकाली गाउँपालिकाका ८ जना र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिएको छ ।

उनीहरु १८ देखी ५० बर्ष उमेर समुहका रहेका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा १६ जना र गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा ८ जनामा कोरोना पुष्टि भएको हो । यो सगँ नवलपुरमा कोरोना संक्रमितको संख्या १ सय ५६ पुगेको छ ।

त्यसै गरी स्याङजाको अर्जुनचौपारी गाउँपालिका ८ पुरुष र २ महिलामा कोरोना देखिएको हो । ती मध्ये ३ जना ७ बर्षिय बालक र १ जना ६ बर्षिय बालिका रहेका छन् ।

त्यसै गरि कालिगण्डकी गाउँपालिका २ जनामा कोरोना पुष्टि भएको शर्माले जानकारी दिए । स्याङजामा कोरोना संक्रमितको संख्या ९८ पुगेको छ । गण्डकी प्रदेशमा अहिले सम्म ५५ जना कोरोनालाई जितेर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर