पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीबाट सरुवा भई प्रहरी प्रधान कार्यालय काठमाडौं जान लागेका एसपी दानबहादुर कार्कीको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको छ ।
आइतबार स्वाब संकलन भएको एसपी कार्कीले जानकारी दिए । प्रदेश स्वास्थ्य प्रयोगशालामा पुगी कोरोना परीक्षणका लागि उनले स्वाब दिएका हुन् । एसपी कार्की सोमबार काठमाडौं जाँदै छन् । कोरोना परीक्षणको रिपोर्ट आएपछि उनी त्यसतर्फ प्रस्थान गर्ने छन् ।
कास्की प्रहरी प्रमुखको जिम्मेवारीमा प्रहरी प्रधान कार्यालयले एसपी जीवन श्रेष्ठलाई खटाएको छ । एसपी कार्कीलाई काठमाडौं पु¥याउने गाडीले नै श्रेष्ठलाई ल्याउने छ ।