एकजनामा काेराेना देखिएपछि मुस्ताङकाे छैराे क्याम्प सिल

एकजनामा काेराेना देखिएपछि मुस्ताङकाे छैराे क्याम्प सिल

एसके थकाली

जाेमसाेम : मुस्ताङको छैरोस्थत तिब्बती शरणार्थी शिविरमा आएका ८३ वर्षीय १ बृद्धमा कोरोना पोजेटिभ देखिएपछि क्याम्प सिल गरिएकाे छ ।

जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले शनिबार साझनै क्याम्प शिल गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालले जानकारी दिए ।

संक्रमित व्यक्तिसँगै बसमा आएका १८ जना क्याम्पभित्रै रहेकाले ‍सिल गर्नु परेको उनले बताए ।

उनका अनुसार संक्रमित व्यक्तिसँगै आएका १८ जनाकोको कन्ट्रयाक ट्रेसिङ तथा स्वाब संकलन गरी आइतबार पोखरा पठाइने प्रजिअ अर्यालले उल्लेख गरे ।

सम्बन्धित खवर