जिल्ला समन्वय समितिद्वारा विकास निर्माणको अनुगमन

जिल्ला समन्वय समितिद्वारा विकास निर्माणको अनुगमन

कास्की : जिल्ला समन्वय समिति कास्कीको एक टोलीले पोखरा महानगरपालिका–३, ५, ६ र २५ मा सञ्चालित विभिन्न विकास निर्माण योजनाको अनुगमन गरेको छ ।

संवैधानिक व्यवस्थाअनुसार महानगरपालिकाभित्र सङ्घ, प्रदेश र स्थानीय तहद्वारा सञ्चालित विकास निर्माणका योजनाको टोलीले अनुगमन गरेको हो । टोलीले हेम्जास्थित खुट्टाको गाँैडा जैसीचौर सडक, पादुकादान माविको निर्माणाधीन भवन, पोखरा १८ धारापानीस्थित विश्वकर्मा कल्याण समाज भवन, पोखरा–३ नदीपुरस्थित कोपिलढुङ्गा ढल निकास, पोखरा–५ प्रगतिमार्ग बाटो ढलान र पोखरा–६ को चिसोखोला मार्ग बाटो निर्माण तथा गौराको चौतारो गोरेटो बाटोको अनुगमन गरेको थियो ।

निर्माण उपभोक्ता समितिका पदाधिकारी, प्राविधिक, जनप्रतिनिधि, निर्माण कम्पनी एवम् स्थानीयवासिन्दासँग सञ्चालित योजनाका सम्वन्धमा टोलीका संयोजक एवम् समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीलगायतको टोलीले जानकारी लिएको हो ।

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण रोक्न घोषित बन्दाबन्दीका कारण काम केही समय रोकिएपनि विकास निर्माणका कामले अहिले तीब्रता पाएको हुँदा असार मसान्तसम्म धेरै योजना सम्पन्न हुने अनुगमन पश्चात टोली संयोजक क्षेत्रीले विश्वास व्यक्त गर्नुभयो ।

ठेक्का प्रक्रिया, सम्झौता तथा बजेट निकासाले बढी समय लिने हुँदा विकास निर्माणका काम आर्थिक वर्षको अन्तिममा हुने भएकोले तोकिएको समयसँगै सोचे जस्तो गुणस्तर नहुने अनुगमन टोली समक्ष उपभोक्ता समितिका पदाधिकारीले दुःखेसो गरेका थिए ।

सम्बन्धित खवर