गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा दुःख व्यक्त

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा दुःख व्यक्त

कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङग्रामको ठोट्नेरीमा पहिरो जाँदा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री गुरुङले आज जारी गर्नुभएको विज्ञप्तिमा दुःखद घटनाका कारण ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवार एवम् आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

सङ्कटको यस्तो बेलामा खोजी र उद्धार कार्यमा जुट्ने सबैप्रति हार्दिक धन्यवाद प्रकट गर्दै उहाँले पहिरोको कारण परिवार गुमाउनुहुने तथा प्रभावित परिवारको तत्काल उद्धार, राहत, पुनस्र्थापना एवम् बस्तीको संरक्षणमा तदारुकताका साथ लाग्न सम्बन्धित तहको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ ।

साथै वर्षायाममा जुनसुकै समयमा यस्तो प्राकृतिक विपत्ति आउन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक पूर्व तयारीमा जुट्न र सावधानी अपनाउनसमेत सम्बन्धित सबै पक्षलगायत आम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु विज्ञप्तिमा भनिएको छ ।

अविरल वर्षासँगै आज बिहान ७ बजेको समयमा धम्जु देउराली सडक खण्डबाट झरेको माटोले पूरै घर पुरिँदा ३८ वर्षीय विमला पुनको मृत्यु भएको थियो ।

सम्बन्धित खवर