इटहरा : मोरङको रतुवामाई नगरपालिकामा शनिबार थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यो सँगै रतुवामाईमा संक्रमितको संख्या ६४ जना पुगेको छ ।
संक्रमितहरु भारतको विभिन्न शहरबाट रतुवामाई नगरपालिका ले व्यवस्थापन गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए ।
यस अघि रतुवामाई नगरपालिकामा ५६ जना संक्रमित रहेकोमा दुई जना उपचार पछी घर फर्किसकेका छन् । मोरङ जिल्लामै सबैभन्दा बढी संक्रमित हुने पालिका पनि रतुवामाई रहेको छ ।