संक्रमित १९ महिने शिशु च्यापेर उपचारलाई पोखरा आइन् आमा

संक्रमित १९ महिने शिशु च्यापेर उपचारलाई पोखरा आइन् आमा

कास्की : कास्कीमा शनिबार कोरोना पुष्टि भएका २ संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेनमा भर्ना गरिएको छ । जिल्लाको मादी गाउँपालिकाका संक्रमित १९ महिने शिशु र ४२ वर्षे पुरुषलाई आइसोलेसनमा भर्ना गरिएको हो ।

१९ महिने संक्रमित शिशुको स्याहारका लागि आमालाई पनि आइसोलेसनमा पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

४१ वर्षे संक्रमित भारतबाट १९ दिन पहिले गाउँ फर्किएका हुन् । १९ महिने शिशुको भने कुनै ट्राभल हिस्ट्री छैन । शिशुका बुवाआमाको पिसिआर रिपोर्ट भने नेगेटिभ छ । १६ दिन पहिले गाउँ फर्किएका संक्रमित शिशुका बुवा कोरोना नेगेटिभ आएपछि घर फर्किएका छन् । शनिबार कोरोना संक्रमण पुष्टि भएका दुवै मादी–९ का हुन् ।

मादी गाउँपालिकाले १२ वटै वडामा क्वारेन्टाइन बनाएको छ । ती क्वारेन्टइनमा अहिले १९ जना बसिरहेको अधिकृत सापकोटाले जानकारी दिए । कास्कीका २ संक्रमितबाहेक गण्डकी प्रदेशमा शनिबार तनहुँमा २५, नवलपुरमा १६, बागलुङमा ८, गोरखामा ५, म्याग्दी र स्याङ्जामा १र१ जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमितमध्ये बागलुङका १ संक्रमित महिला हुन् भने बाँकी ५६ संक्रमित पुरुष हुन् ।

गण्डकी प्रदेशमा अहिलेसम्म ४ सय ३८ जनामा कोरोना पोजेटिभ देखिएको छ । गण्डकीका मुस्ताङवाहेक १० जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ३९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ । वालिङका ५८ वर्षे पुरुषको २५ जेठमा उपचारको क्रममा पोखरामै मृत्यु भएको हो ।

सम्बन्धित खवर