एजेन्सी : विश्वका २१३ मुलुकलाई महामारी बनेर आक्रान्त बनाइरहेको कोरोना भाईरसका कारण अहिलेसम्म विश्वभर ४ लाख ६१ हजार ७७२ जनाको मृत्यु भएको छ ।
त्यस्तै संक्रमितहरुको संख्या ८७ लाख ४६ हजार २३८ पुगेको छ भने ४६ लाख १९ हजार ६४५ जना निको भएका छन । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणको महामारीले सबैभन्दा बढी अमेरिकालाई प्रभावित बनाएको छ । जहाँ हालसम्म १ लाख २१ हजार ३९६ जनाको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या २२ लाख ९५ हजार ६२० पुगेको छ ।
त्यसैगरी ब्राजिलमा ४९ हजार ९० जनाको मृत्यु भएको छ भने १० लाख ३८ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी मृत्युका हिसाबले कोरोना संक्रमणको तेस्रो बढी प्रभाव रहेको मुलुक ब्रिटेनमा ४२ हजार ४६१ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ३ लाख १ हजार ८१५ पुगेको छ ।
त्यस्तै ईटलीमा हालसम्म ३४ हजार ५६१ जनाको मृत्यु भएको छ भने २ लाख ३८ हजार ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै फ्रान्समा २९ हजार ६१७ जनाको मृत्यु भएको छ भने १ लाख ५९ हजार ४५२ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी कोरोनाका कारण स्पेनमा हालसम्म २८ हजार ३१५ जनाको मृत्यु भैसकेको छ भने २ लाख ९२ हजार ६५५ जनामा संक्रमण फैलिएको वल्र्डोमिटरमा उल्लेख छ ।