नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाण्डौ : नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघेको छ । आज शुक्रबार एकैदिन थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार दिउँसो थप ४ सय २६ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा।जागेस्वर प्रसाद गौतमले जानकारी दिएका छन् । संक्रमित मध्ये ७५६७ जना पुरुष र ७ सय ७ जना महिला रहेका छन । गौतमका अनुसार हालसम्म देशका ७४ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कोरोना भाइरसबाट मर्नेको संख्या २२ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित मध्ये १ हजार ४ सय २ जना निको भएर घर फर्किसकेका छन् जसमध्ये पछिल्लो २४ घन्टामा २ सय १६ जनाले स्वास्थ्य लाभ गरेका हुन् ।

सम्बन्धित खवर