रोटा भाइरस बारे सचेतना

रोटा भाइरस बारे सचेतना

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा नियमित खोप सञ्चालनका क्रममा रोटा भाइरसबाट हुने पखाला रोकथामको सचेतनाका लागि अभिनयमार्फत बच्चाका आमालाई जानकारी गराइने भएको छ ।

नगरपालिकाको आयोजनामा पथरी नगर अस्पतालले आज खोपमा संलग्न नगरका स्वास्थ्यकर्मीहरुलाई रोटा भाइरसबाट हुने पखाला रोकथाम तथा नियमित खोप सेवामार्फत सरसफाई प्रवद्र्धनका उपाय बारेमा अभिनय गरेर देखाउने कार्यशाला सम्पन्न गरेको छ ।

बच्चाका लागि प्रत्येक महिनाको २० गतेको नियमित खोप लगाउन आउने आमाहरुलाई अभिनय गरेर स्वस्थ र अस्वस्थ अवस्था प्रष्टाउने कार्यका लागि स्वास्थ्य कर्मचारीलाई तालिम प्रदान गरिएको डाक्टर साकारबाबु घर्तीले जनाउनु भयो । घर्तीले कार्यशालाको सहजिकरण गर्नुभएको थियो ।

सम्बन्धित खवर