गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध

गोरखा र तनहुँ जोड्ने तुरतुरे पुल अवरुद्ध

गोरखा :  गोरखाको पालुङटार नगरपालिका–५ र तनहुँको भानु नगरपालिका–३ जोड्ने मस्याङ्दी नदीको पुललाई गएराति बाढीले क्षति पुर्‍याएपछि आवत जावत अवरुद्ध भएको छ ।

तनुहुँबाट तुरतुरे हुँदै गोरखा प्रवेश गर्ने मुख्यनाकाका रूपमा रहेको सो बेलीब्रिज पुलको दायाँबायाँ बाढीले कटान गरेपछि आज बिहानदेखि नै पुलमा सवारी आवागमन रोकिएको पालुङटार नगरपालिकाकी उपप्रमुख पम्फा बसेलले जानकारी दिए ।

बाढीले पुलको तनहुँतर्फको भागमा बढी क्षति पुर्‍याएको उनले बताए । ‘पुलमा सवारी साधन गुड्न सक्ने अवस्था छैन’, उनले भने, ‘तनहुँबाट पालुङटार छिर्ने मुख्यनाकामा नै अवरुद्ध हुँदा मानिसलाई अत्यावश्यक कामका लागि समेत ओहोरदोहोर गर्न अप्ठ्यारो भएको छ ।’

सम्बन्धित खवर