बैतडी : बैतडीको पाटन नगरपालिको कार्यालयमा स्थानियहरुले ताला लागएका छन । सडक निर्माणको बिवादका कारण आक्रोसीत स्थानिय तहरुले आज बिहान नगरपालिकाको कार्यालयमै तालाबन्दी गरेका हुन ।
वडा नं ४ को बस्ती टोलमा सडक निर्माण गर्दा पानिका मुहान सुक्नुका साथै बनजंगल मासिन थालेपछि सडक निर्माण रोक्नु पर्ने भन्दै नगर प्रमुख कार्यालय तथा कार्याकारीको कार्यालयमा ताला लगाएका हुन । वडा नं ४ का वडा अध्यक्ष दिपक बिष्टका अनुसार यस अघि पनि स्थानियहरुको बिवाद रहेका कारण सडक निर्माण नरोकिएकोले स्थानियहरु नगरपालिकामा जुलुस ल्याएर नगर प्रमुख उपप्रमुख र कार्याकारीको कक्षमा तालाद लगाएका हुन ।
बस्ती टोलका स्थानियहरुले स्थानिय जनसक्ती मार्फत नै सडक निर्माण गरी रहेकोमा सडक निर्माणका लागि मेसिन लगाएको हुनाले पनि स्थानियहरु बिरोधमा उत्रिएको पनि बस्ती टोलका एक स्थानियले बताएका छन । मानोमानी गरी एकतर्फी रुपमा सडक खनेको स्थानियहरुको आरोप रहेको छ । कार्याकारी प्रमुख, नगर प्रमुख र उपप्रमुखको कार्यकक्षमा ताला लगाइएको छ ।