जस अनुसार पोस्टर प्रतियोगितामा कक्षा १ देखि कक्षा ४ सम्म समूह मास्टर श्रेषथ नाथ (४) पाठ भवन स्कुल पश्चिम बंगाल भारत (३३५), कक्षा ५ देखि कक्षा ८ सम्म समूह मास्टर सफल झा (६) वाल्मीकि शिक्षा सदन भरतपुर नेपाल (४६७) र कक्षा ९ देखि कक्षा १२ सम्म समूह मास्टर आसिफ अन्सारी (१०) नवयुग एकेडेमी इनरुवा नेपाल (८७४) विजेता भएका छन् ।
यस्तै प्ला कार्ड प्रतियोगितामा कक्षा १ देखि कक्षा ४ सम्म समूह मिस् निश्मा आचार्य (३) वाल्मीकि शिक्षा सदन भरतपुर नेपाल (१०४६), कक्षा ५ देखि कक्षा ८ सम्म समूह मास्टर बजुद न्यौपाने (७) वाल्मीकि शिक्षा सदन भरतपुर नेपाल (४४५) र कक्षा ९ देखि कक्षा १२ सम्म समूह मिस अर्पना न्यौपाने (१०) प्रेमवस्ती माध्यमिक विद्यालय भरतपुर नेपाल (४३६) विजेता बनेका छन् । अनलाइन भोटिंगको आधारमा विजयीहरुको नतिजा प्रकाशन गरेको स्कुलले जनाएको छ ।
लकडाउनकाे अवस्थामा पनि यो विद्यालयले अनलाइन कक्षा संचालनका अतिरिक्त विभिन्न अनलाइन प्रतियोगिता गर्दै आएको छ। हाल विश्व संगीत दिवस को अवसरमा राष्ट्रिय गायन प्रतियोगिता र राष्ट्रिय सास्कृतिक प्रतियोगिता समेत भईरहेको कार्यक्रम संयोजक प्रदिप कुमार करले बताए ।