पोखरा लेकसाइडमा कांग्रेसले बाड्यो राहत, राहतसंगै दियो मास्क र सेनिटाइजर !

पोखरा लेकसाइडमा कांग्रेसले बाड्यो राहत, राहतसंगै दियो मास्क र सेनिटाइजर !

सञ्जय आचार्य 

कास्की : नेपाली कांग्रेस पोखरा ६ वडा इकाई बैदामले आफ्नो वडाका १५० गरिब र मजदुरका घर-परिवारलाई राहत बितरण गरेको छ। वडालाई ७ वटा क्षेत्रमा बिभाजन गरि ७ वटै क्षेत्रमा सामाजिक दुरी कायम गर्दै राहत लिन आउने सम्पुर्णलाई मास्क र केहिलाई सेनिटाइजर समेत दिएर राहत बितरण कार्यक्रम सम्पन्न गरेको ने.बि. संघ नेता बिपिन पौडेलले प्रदेश दैनिकलाई जानकारी दिए।

राहत बितरण कार्यक्रममा नेपाली कांग्रेस पोखरा ६ का सभापति बलराम गिरि, वडा अध्यक्ष जगत पहारी, क्षेत्रीय प्रतिनिधि दिपक वीर कुँवर, नेत्रपाणी न्यौपाने, कांग्रेस सचिब शिशिर पहारी, कोषाध्यक्ष तेजनाथ न्यौपाने, महिला संघकी सभापति मन्धरा ढकाल, कार्यक्रम संयोजक महिला नेतृ पबित्रा थापा, सह-संयोजक सबिना तिमिल्सिना, ने.वि. संघ नेता बिपिन पौडेल तथा ७ वटै क्षेत्रका संयोजक लगायतको उपस्थिति रहेको थियो।

कांग्रेस सभापति बलराम गिरिले नेपाली कांग्रेस जनताको हरेक सु:ख-दु:खमा साथ दिने र सहयोग गर्ने पार्टी रहेको जनाउँदै कोरोना महामारीले जनता दु:खमा परेको हुँदा दु:खित जनतालाई खानपिनको समस्या नहोस् भनि आफुहरुले राहत बितरण गरेको बताए। राहतको लागि रकम वडाभित्रका कांग्रेस नेताहरुबाट संकलन गरिएको थियो भने नपुगेको रकम पार्टीको कोषको रकम प्रयोग गरिएको कोषाध्यक्ष तेजनाथ न्यौपानेले बताए।

साथै कार्यक्रमका लागि आवश्यक सयौंँ मास्क र सेनिटाइजर पठाएर आफुहरुलाई सहयोग गर्नुभएकोमा नेपाली कांग्रेस संगठन बिभाग प्रमुख गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेस पोखरा ६ सभापति बलराम गिरिले हार्दिक धन्यवाद व्यक्त गरेका थिए।

सम्बन्धित खवर