पथरी, मोरङको पथरी शनिश्चरे नगरको क्वारेन्टिनमा रहेका मध्ये पछिल्लो पटक १४ जनाको पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।
भारतबाट घर फर्किइ पथरी बहुमुखी क्याम्पसको क्वारेन्टिनमा रहेकामध्ये पछिल्लो पटकको परीक्षणमा १४ जनामा कोरोना नदेखिएको नगर प्रमुख दिलीपकुमार राईले जनाउनु भयो । त्यसबाहेक नगरका एकजना स्वास्थ्य कर्मचारीको परीक्षणमा पनि नेगेटिभ देखिएको छ ।
क्याम्पसको क्वारेन्टिनमा रहेकामा यसअघि भएका परीक्षणमा पनि सवैजनाको रिपोर्ट नेगेटिभ नै आएको थियो । यसअघि २ जना एम्बुलेन्स चालक सहित २७ जनाको परीक्षणमा कोरोना देखिएन । कोरोना नदेखिएका सवै ३९ जनालाई हालसम्म विदाई गरिएको छ । यस क्रममा आज १४ जनाको विदाई भएको छ । सो क्वारेन्टिनमा अझै ४६ जना रहेका छन् ।