सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या तीन सय ४७ पुग्यो

सुदूरपश्चिममा थप १७ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या तीन सय ४७ पुग्यो

धनगढी : सुदूरपश्चिममा मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी कोरोना परीक्षण प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका अनुसार  ३ जना महिला र १४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।  कोरोना संक्रमण पुष्टि हुनेमा कैलालीका १० र कञ्चनपुरका ७ जना रहेका छन् । संक्रमित धनगढी उप–महानगरपालिकाका ८ जना र लम्की चुहा नगरपालिकामा २ जना छन् ।  संक्रमण हुनेमा धनगढीमा ३९ वर्षीया महिला, १, २, ५, २३, ३०, ३२ र ३३ वर्षीय पुरुष र लम्की चुहाका १४ र २४ वर्षीया महिलामा रहेका छन् ।

धनगढीमा वडा नम्वर १, २ र ५ का एक-एक जना र वडा नम्वर १२ का पाँच जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुरमा ५०, १९, ४९, ३४, २५, २५ र १७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ४७ पुगेको छ ।  अहिलेसम्म कोरोना पुष्टि भएकामा दुई जनाको मृत्यु भइसकेको छ भने ५२ जना निको भएर घर फर्किएका छन् ।

सम्बन्धित खवर