दाङमा एकै दिन थपिए ५६ कोरोना संक्रमित, घोराही उपमहानगरपालिका-४ ‘सिल’

दाङमा एकै दिन थपिए ५६ कोरोना संक्रमित, घोराही उपमहानगरपालिका-४ ‘सिल’

दाङ : दाङमा एकै दिन ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा एकै चोटी त्यति धेरै संक्रमित भेटिएको यो पहिलो घटना हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मंगलबार गरिएको पीसीआर परीक्षणमा दाङका ५६ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो । त्यसैगरी सल्यान कुमाख गाउँपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ४६ जना पुरुष र १० जना महिला रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या दुई सय ४२ जना पुगेको छ । उनीहरुमध्ये घोराही उपमहानगरपालिका ४ मा ४७ जना रहेका छन् । त्यसैगरी घोराही-१२ का ४ जना, घोराही-११ का ३ जना घोराही १५ को १ जना र राजपुर गाउँपालिकामा एक जना रहेका छन् ।

दाङमा बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका कोरोनाको उच्च संक्रमण देखिएको छ । कोरोना संक्रमण एकैपटक बढेपछि घोराही उपमहानगरपालिका ४ ‘सिल’ गरिएको छ । संक्रमित सबै भारतबाट आएको र क्वारेन्टाइनमा बसेका रहेको उपमहानगरले जनाएको छ ।

सम्बन्धित खवर