राजेन्द्र महतो
लहान : सप्तरीको बलान बिहुल गाउँपालिका स्थित प्रहरीले नेपालबाट भारत तर्फ लैजादै गरेको भारी मात्रामा अबैध मदिरा बरामद गरेको छ ।
प्रहरी स्रोतका अनुसार सुचना पाउने बित्तिकै प्रहरी चौकी चन्ही मल्हनिया र प्रदेश प्रहरीले सिमेन्ट बोकेको ट्रयाक्टरमा भारी मात्रामा भारत तर्फ लगिरहेको मदिरा बरामद गरेको हो ।
तस्करी गर्न लग्दै गरेको मदिरा बोकेको ट्रयाक्टरबाट नम्बर प्लेट हटाईएको बताइएको छ । मदिरा बोकेको ट्रयाक्टर र चालकलाई नियन्त्रणमा लिईएको प्रहरी चौकी चन्ही मल्हनियाले बताए ।