प्रदेश १ को बजेट स्वास्थ्य केन्द्रित, मंगलबारे अस्पतालको ट्रमा सेन्टरका लागि बजेट खै ?

प्रदेश १ को बजेट स्वास्थ्य केन्द्रित, मंगलबारे अस्पतालको ट्रमा सेन्टरका लागि बजेट खै ?

मोरङ, प्रदेश १ सरकारले आफ्नो बजेटलाई स्वास्थ्य केन्द्रित बनाएको छ । ठुलो चर्चाको शिखरमा रहेको मंगलबारेको ट्रमा सेन्टरका लागि भने सरकारले बजेट नै तोकेको छैन् ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा कोरोना विरुद्ध लड्ने र स्वास्थ्य पूर्वाधार विकासका कार्यक्रमहरु बढि मात्रामा समेटिएका छन् । निकै चर्चा र विवादमा रहेको ट्रमा सेन्टरकाको बजेट भने कति हुने भनेर यकिन गरेको छैन् । मंगलबारे अस्पतालको ट्रमा सेन्टरका लागि आवश्यक बजेट मात्रै भनिकएको छ तर कति बजेट भन्ने सरकारले नतोकेको हो । सोमबार ट्रमा सेन्टरको नामको विषयलाई लिएर मंगलबारेमा भएको मसाल जुलुसका क्रममा समेत बजेट नतोकेको प्रति स्थानीयहरुले आपती जनाएका छन् । सरकारले आफ्नो बजेटमा मंगलबारे स्थीत स्वास्थ्य केन्द्रलाई प्रदेशको गौरवको आयोजनाका रुपमा विकास गर्ने भनेर उल्लेख गरेको छ ।

सरकारले मंगलबारे अस्पतालको नाम फेरेर मदन भण्डारी ट्रमा सेन्टर बनाउने भनेपछि मंगलबारेबासी यतिबेला आन्दोलित बनेका छन् ।

सम्बन्धित खवर