सरिता गिरी साधारण सदस्य समेत नरहने गरी निस्कासित

सरिता गिरी साधारण सदस्य समेत नरहने गरी निस्कासित

राष्ट्रिय जनता पार्टी (राजपा) ले सरिता गिरीलाई साधारण सदस्इ समेत नरहनेगरी निस्कासित गरेको छ । राजपाले प्रतिनिधिसभा सदस्यबाट पनि गिरीलाई निस्कासन गरेको जनाएको छ ।

पार्टीको निर्णय विपरीत कार्य गरेकोले राजपाले गिरीलाई सांसदबाट हटाएको हो । संविधान संशोधनमा गिरी पार्टीको निर्णय विपरीत प्रस्तुत भएकी थिइन् । पछिल्लो समय राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीले मुलुक नयाँ नक्सा कार्यान्वयनको लागि संविधान संसोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

जनता समाजवादी पार्टीले आफ्ना सांसदहरूलाई संविधान संसोधनको पक्षमा मतदान गर्न ह्वीप लगाएको थियो । गिरी भने पार्टी ह्वीप विपरीत संविधान संसोधनको सिवपक्षमा उभिएकी थिइन्। सरकारले संविधान संसोधन विधेयक ल्याएपछि गिरीले त्यसलाई खारेज माग गर्दै प्रस्ताव दर्ता गरेकी थिइन् । जनता समाजवादी पार्टीले गिरीलाई प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । पार्टीले प्रस्ताव फितार्न नलिए कार्बाही गर्ने चेतावनी समेत दिएको थियो तर गिरी भने पार्टीको निर्णय र चेतावनीलाई बेवास्ता गर्दै संविधान संसोधनको विपक्षमै अडिग भएकी थिइन् । शनिबार प्रतिनिधिसभामा संविधान संसोधनको लागि मतदान हुँदा गिरी संसदबाट बाहिरिएकी थिइन् ।

सम्बन्धित खवर