पोखरा लगायत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न २७ करोड ४५ लाख

पोखरा लगायत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न २७ करोड ४५ लाख

पोखरा : गण्डकी प्रदेश सरकारले पोखरा लगायत गण्डकी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न २७ करोड ४५ लाख रुपैया विनियोजन गरेको  छ ।

सोमबार गण्डकी प्रदेशको  बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले पर्यटकीय क्षेत्रको पूर्वाधार विकासका लागि तथा  पर्यटकीय गतिविधिको विस्तार र विविधिकरण गर्न प्रवर्द्धनात्मक कार्यक्रम संचालनका लागि २७ करोड ४५ लाख रुपैया विनियोजन गरेको  बताए ।

सरकारले  विपद्‍मा परेका पर्यटकलाई उद्दार गर्न र पर्यटन सूचना प्रणालीलाई विकास गर्न आवश्यक बजेटको व्यवस्था गरेको गुरुङले उल्लेख  गरे । उनले मुस्ताङको लोमान्थाङ्ग र गोरखाको गोरखा दरबारलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तथा नेपाल ट्रष्ट अन्तर्गत रहेका पोखराका  हिमा गृह र रत्न मन्दिरको व्यवस्थापन गर्न आवश्यक बजेट विनियोजन गरेको बताए ।

प्रदेश  सरकारले  कोभिड-१९ का कारण  समग्र पर्यटन क्षेत्रमा पारेको असर र समस्यालाई व्यवसाय पुनर्जीवन कोष मार्फत सम्बोधन गर्ने व्यवस्था मिलाएको मन्त्री  गुरुङले जनाए ।

सम्बन्धित खवर