सुनवर्षी नगरपालिकामा २१ जनामा कोरोना पोजेटिभ

सुनवर्षी नगरपालिकामा २१ जनामा कोरोना पोजेटिभ

किरण न्याैपाने, रंगेली

मोरङको सुनवर्षी नगरपालिका स्थित कुवारेन्टाईनमा बस्दै आएका २१ जनामा कोरोना देखिएको छ । नगरपालीकाले जेष्ठ २९ गते पिसिआर संकलन गरी प्रदेशीक प्रयोगशालामा परिक्षणका लागी पठाउदा आज २१ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किशोर मण्डलले जानकारी दिए । यो सँगै सुनवर्षीमा संक्रमितको संख्या २८ जना पुगेको छ ।

संक्रमितहरु भारतको विभिन्न शहरबाट सुनवर्षी नगरपालिकाले वडा नं ८ हर्चनगढीमा व्यवस्थापन गरेको कुवारेन्टाईनमा बस्दै आएका थिए । उनीहरुको उपचारका लागी धरान लैजाने तयारी भइरहेको मण्डलले जानकारी दिए । यस अघि सुनवर्षी नगरपालिकामा ७ जना संक्रमित फेला परीसकेका छन् ।

सम्बन्धित खवर