काठमाण्डौ : नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार दिउसो थप ४ सय ५१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ जना पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेस्वर प्रसाद गौतमले जानकारी दिए । नेपालमा ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा संक्रमित मध्ये १ हजार ४१ जना निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घन्टामा ६७ जनाले स्वास्थ्य लाभ गरेका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।