क्वारेन्टाइन लैजाँदै गर्दा बागलुङका युवाकाे हाम फालेर मृत्यु

क्वारेन्टाइन लैजाँदै गर्दा बागलुङका युवाकाे हाम फालेर मृत्यु

पाेखरा : भारतबाट फर्कँदै गरेकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै गर्दा पर्वतमा साेमबार बिहान १ युवाकाे भीरबाट हाम फालेर मृत्य भएकाे छ ।

कुश्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हाम फालेर गम्भीर घाइते भएका बागलुङ नगरपालिका १३ का ३९ वर्षीय चन्द्रबहादुर नेपालीलाई पाेखरा ल्याउँदै गर्दा मृत्यु भएकाे हाे ।

सोमबार बिहान पोखरा बागलुङ सडकमा बस रोकेको अवस्थामा भीरबाट हाम फालेका थिए । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी विश्वराज अधिकारका अनुसार सुनौलीबाट उद्धार गरी बागलुङतर्फ जाने क्रममा बस रोकेको मौका पारी भीरबाट हाम फालेका हुन् ।

लु २ ख ४२२० नम्बरको बसबाट पर्वत, बागलुङ र म्याग्दीका भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा लैजादै गर्ने क्रममा उनले हाम फालेका हुन् ।

पर्वतका नागरिकलाई मोदी गाउँपालिकाको डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका मानिसहरु बोकेर आएको थियो । वर्षाका कारण सडक हिलाम्मे भएपछि अगािड जान नसक्ने भनेर बस चालकले इन्कार गरेको मौकामा नेपालीले भने भीरबाट हाम फालेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।

सम्बन्धित खवर