पोखरा – २९ पट्नेरीका २० बर्षीय अमित रसाइली मृत अवस्थामा फेला

पोखरा – २९ पट्नेरीका २० बर्षीय अमित रसाइली मृत अवस्थामा फेला

पोखरा : पोखरामा एक युवक मृत अवस्थामा भेटिएका छन् ।

पोखरा महानगरपालिका–२९ पट्नेरीका २० बर्षीय अमित रसाइली मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।

रसाइलीको शव आइतबार बिहान ७ः१० बजे पोखरा–३२ स्थित सेती नदिको बिचमा भेटिएको रेग्मीले जानकारी दिए ।

शनिबार रातको करिव ९ बजे मोटरसाइकल किनेको खुसियालीमा साथिहरुलाई पार्टी दिन भनेर पोखरा–३३ बाघमारा चौरमा हिडेका उनी बेपत्ता भएका थिए ।

रसाइली हराएको भनि आइतबार बिहान ३ः३० मा खबर पाएपछि कास्की प्रहरीले खोजतलास सुरु गरेको थियो ।

कास्की प्रहरीले रसाइलीसँगै गएका ४ जना साथीहरुसँग सोधपुछ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर