कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितको संख्या ५ हजार ७६० पुगेको बताए ।

थपिएका नयाँ संक्रमितहरुमध्ये मोरङमा २५, सुनसरीमा १, झापामा १, सप्तरीमा १०, पर्सामा १७, बारामा ९, सर्लाहीमा ६ जना, रौतहटमा २५, नवलपरासी पूर्वमा २, बझाङमा ५, डडेलधुरामा २४, डोटीमा ३, कैलालीमा १२ जना, कञ्चनपुरमा २०, बर्दिया र बाँकेमा ३/३, रुकुम पश्चिममा २, प्युठानमा २, दाङमा ५४ जना छन् ।

त्यसैगरी धनुषाका १ जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलापरासी पश्चिमका २ जना, रुपन्देहीका २६ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९ जना, सिन्धुलीका १ जना, धादिङका २५ जना, रौटहटका ५१ जना रहेका छन् । हालसम्मको संक्रमित जिल्ला ७३ रहेको छ ।

६१ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन् । नारायणी अस्पतालबाट १२ जना, पाटन अस्पतालबाट १ जना, बीपी प्रतिष्ठानबाट ३ जना, गौर नर्सिङ इन्सि्टयुटबाट ९ जना, डडेलधुरा अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट १ जना, डोटी अस्पतालबाट १ जना, सेती अस्पतालबाट ६ जना, सहपूर्वा आइसोलेसन सेन्टर बाँकेबाट ८ जना, खजुरा क्यान्सर अस्पतालबाट ८ जना र कोरोना विशेष अस्पताल दाङबाट ६ जना डिस्चार्ज भएका हुन् । यो सँगै निको हुनेको संख्या ९ सय ७४ पुगेको छ ।

मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख १० हजार ७२१ नमुना परीक्षण भएका छन् । २४ घन्टामा २० हजार १३९ आरडीटी परीक्षण भएका छन । पीसीआर विधिबाट भने हालसम्म १ लाख ३३ हजार ३७७ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा ६ हजार ८९ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ४३ हजार ६४१ जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ४ हजार ४६७ जना छ ।

सम्बन्धित खवर