रतुवामाई नगरपालिकामा एकै पटक २५ जनामा कोरोना देखियो

रतुवामाई नगरपालिकामा एकै पटक २५ जनामा कोरोना देखियो

किरण न्यौपाने, रंगेली

मोरङको रतुवामाई नगरपालिका स्थित कुवारेन्टाईनमा बस्दै आएका २५ जनामा कोरोना देखिएको छ । नगरपालीकाले ५१ जनाको पिसिआर संकलन गरी प्रदेशीक प्रयोगशालामा परिक्षणका लागी पठाउदा आज २५ जनामा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले जानकारी दिए । यो सँगै रतुवामाईमा संक्रमितको संख्या ४७ जना पुगेको छ ।

संक्रमितहरु भारतको विभिन्न शहरबाट रतुवामाई नगरपालिका ले व्यवस्थापन गरेको कुवारेन्टाईनमा बस्दै आएका थिए । उनको उपचारका लागी विराटनगर स्थित प्रादेशीक कोभिड कोशी अञ्चल अस्पताल लैजाने तयारी भइरहेको मेयर राईले जानकारी दिए । यस अघि रतुवामाई नगरपालिकामा २२ जना संक्रमित फेला परी सकेका थिए जस मध्ये एक जना उपचार पछी घर फर्किसकेका छन् ।

सम्बन्धित खवर