भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

भारतीय अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

एजेन्सी : बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् । बान्द्रास्थित आफ्नै घरमा उनको शव भेटिएको छ । आत्महत्याको पुष्टि प्रहरीले गरिसके पनि कारण खुलेको छैन ।

बीबीसीका अनुसार बान्द्रा प्रहरी स्टेशनमा सुशान्तको घरमा काम गर्ने व्यक्तिले घटनाको जानकारी दिएका थिए ।

टेलिभिजनबाट आफ्नो करिअर सुरु गरेका सुशान्त अहिले बलिउडका चर्चित नायक थिए । उनले एमएस धोनीः द अनटोल्ड स्टोरीबाट चर्चा पाएका थिए ।

सम्बन्धित खवर