कास्की : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङको ढकालबारीमा गएको पहिरोमा जनधनको क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आज यहाँ एक विज्ञप्ति प्रकाशित गरी उहाँले अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोमा परी ज्यान गुमाउनुहुनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
“पहिरोमा परी बेपत्ता भएकाहरु सकुशल फेला पर्ने अपेक्षासहित खोजी र उद्धारकार्यमा निरन्तर जुटिरहनुभएका सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु ।
वर्षाको समयमा जुनसुकै बेला पनि प्राकृतिक विपत्ति आउनसक्ने सम्भावनालाई मध्ययनजर गर्दै आवश्यक पूर्वतयारीमा जुट्न र सावधानी अपनाउन आम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दछु”, प्रकाशित विज्ञप्तिमा उल्लेख छ । घरभन्दा लगभग ३०० मिटर माथिबाट आएको पहिरोमा पुरिएका दुई घरका नौमध्ये छ जनाको शव भेटिएको छ भने तीन अभैm बेपत्ता रहेका जनाइएको छ ।