नवलपरासीमा जीप दुर्घटना, प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

नवलपरासीमा जीप दुर्घटना, प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी : नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनामा गाउँपालिकाका सवारी चालक प्रतापपुर गाउँपालिका ५ का हरिलाल राजभर घाइते भएका छन् । उनी खतरामुक्त रहेको बताइएको छ ।

गाउँपालिकाको लु १ झ ३७० नम्बरको जीप आज विहान अनियन्त्रित भइ बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा दुर्घटना भएको हो । जीप पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका चार स्थित शिवकलोनी पुलबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन सदरमुकाम जाने क्रममा जीप दुर्घटनामा परेको हो । ५१ वर्षीय शर्मा स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

सम्बन्धित खवर