संजय आचार्य, पोखरा
पोखरामा रहेको मनिपाल अस्पतालले नागरिकको स्वास्थ्यमा गम्भिर लापर्वाही गरेको पाइएको छ । यस्तै लपर्वाहीका कारण मणिपालमा कार्यरत २ दर्जन वढि स्वास्थ्य कर्मचारीहरु अस्पतालकै क्वारेन्टिनमा रहेका छन् ।
कुनैपनि स्वास्थ्य सतर्कता नपनाएको मणिपालले आफ्नो अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि मात्रै सतर्कता अपनाएको छ । जसले गर्दा दुई दर्जन नर्स तथा डाक्टर क्वारेन्टाइनमा पुगेका छन् । यस्तै कोरोना पुष्टि भएको बिरामीलाई कोरोना डेडिकेटेड हस्पिटल लैजाने क्रममा सामान्य बिरामी सरह एम्बुलेन्स प्रयोग गरेको पाइएको छ । कोरोना पुष्टि हुदाँ समेत अस्पतालका प्रमुखसँग समेत कुनै समन्वय नगरेको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए ।
पर्वतको कुश्मा नगरपालिका ३ का ३५ बर्षीय पुरुष जेठ २२ गते मोटरसाइकल दुर्घटना भएपछि उपचारका लागि अस्पताल आएका थिए । २ दिनसम्म बेहोस रहेका उनको टाउकोको शल्यक्रिया भएको थियो । उनको २५ गते स्वाब लिइएको र शुक्रवार कोरोना पोजेटिभ आएको हो ।
कोरोना पुष्टि भएका उनलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसोलेसनमा लगेर छाड्ने क्रममा लापर्वाही भएको डा. आचार्यले गुनासो गरेका छन् । सामान्य बिरामी सरह सुरक्षाका कुनै उपाय नअपनाईकन अन्य मानिससँगै एम्बुलेन्समा पठाएको आचार्यको भनाई छ । उनमा हाडजोर्नीको समेत समस्या रहेको बताउँदै आचार्यले स्वास्थ्य निर्देशनालय र सम्बन्धित अस्पतालले कुनै समन्वय नगरी संक्रमित पठाउँदा जोखिम झन बढेको बताए ।
मणिपाल अस्पतालको यस्तो गैर जिम्मेवारीपन र स्वास्थ्य निर्देशनालय गण्डकीको अभिभावकीय भूमिका नहुँदा कोरोना संक्रमण फैलने भय बढेको छ । अस्पतालको आफ्नै क्वारेन्टिनमा रहेका स्वास्थ्य कर्मचराीहरुको पनि स्वाब संकलन गरिएको छ । संक्रमित पुरुष रहेकै वार्डमा रहेका ४ जना अन्य बिरामीको पनि कोरोना परीक्षण गरिँदै छ।