सुनवर्षीमा थप ४ जनामा कोरोना संक्रमण

सुनवर्षीमा थप ४ जनामा कोरोना संक्रमण

किरण न्यौपाने, रंगेली

मोरङको सुनवर्षी ८ र ६ मा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । शनिवार फेला परेका ४ जनासंगै सुनवर्षीमा जम्मा संक्रमितको संख्या ७ पुगेको छ ।

शनिवार फेला परेका ४ जना मध्ये २ जना सुनवर्षी ८ खयरवना स्थित जनता आधारभुत विद्यालय र २ जना सुनवर्षी ६ झपडतल स्थित सन्यासी आधारभूता विद्यालयको क्वारेन्टिनमा बस्दै आएको नगर प्रमुख काली प्रसाद दासले बताए ।

संक्रमितहरु ४०, १५, २९ र १९ वर्ष समुहका रहेका छन् । उनिहरु १९ दिन अघि भारतबाट सुनवर्षी आएर क्वारेन्टिनमा बस्दै आएका थिए । नगरपालीकाले जेष्ठ २६ गते पिसीआर संकलन गरी प्रादेशिक ल्यावमा परिक्षणका लागी पठाएको थियो । उनिहरुको रिपोर्ट शनिवार आएको हो । हाल सुनवर्षीको १३ वटा क्वारेन्टिनमा ३ सय बढी मानिस बस्दै आएका छन् ।

सम्बन्धित खवर