कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकको मृत्यु

 

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । अर्घखाँचीका ५७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको गरेको हो ।

उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट आएर क्वारेन्टिनमा बसेको उनको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मालारानी गाउँपालिका वडा नम्बर–४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो ।

स्वासप्रश्वासमा समस्या आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । उनको बुधबार मृत्यु भएको र जेठ २९ गते भने कोरोनाको पोजिटिभ रिपोर्ट आएको थियो । यो सँगै नेपालमा कोरेनाका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक र यो अर्खाखाँची गरी १६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर