पथरीशनिश्चरेका एक युवकसहित ४४८ जनामा कोरोना संक्रमण, संक्रमितको सङ्ख्या ५ हजार नाघ्यो

पथरीशनिश्चरेका एक युवकसहित ४४८ जनामा कोरोना  संक्रमण, संक्रमितको सङ्ख्या ५ हजार नाघ्यो

 

नेपालमा शुक्रबार थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

संक्रमित ४४८ मध्ये एक जना मोरङ पथरीशनिश्चरे नगरपालिका १ का युवा हुन् । भारतको उत्तरप्रदेशबाट काठमाडौ हुदै पथरीशनिश्चरे आइपुगेका ४२ बर्षे युवामा कोरना पोजेटिभ भेटिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या ५ हजार ६२ पुगेको जानकारी दिनुभएको हो ।

डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८७७ पुगेको छ । ७८६ पुरुष र ९१ महिला रहेका छन् ।

सम्बन्धित खवर