सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक भारतीयको ज्यान गयो

सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक भारतीयको ज्यान गयो

 

सर्लाही : सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच शुक्रबार झडप भएको छ।

भारतीय नागरिकले सशस्त्र प्रहरीको हतियार खोसेर भाग्न थालेपछि सशस्त्र प्रहरीले चलाएको गोली लागेर भारत सितामाढी जिल्ला पिप्रा प्रर्सैनी पंचायताका २७ वर्षीय विकेश कुमारको ज्यान गएको छ।

एक सय जनाभन्दा बढीको समूहमा आएका भारतीयले नारायणपुरमा रहेको सशस्त्र प्रहरी पोष्ट माथि घेरा हालेर हतियार खोसेको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिनुभयो। भारतीय समूहले खोसेर लगेको हतियार सशस्त्र प्रहरीले फिर्ता ल्याएको छ।

भिडलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले १० राउण्ड फायर गरेको बताएको छ। सशस्त्र प्रहरीको गोली लागेर तीन जना भारतीय नागरिक घाइते भएका छन् भने भारतीय नागरिकको आक्रमणबाट चार जना सशस्त्र प्रहरी पनि घाइते भएका छन्।

घाइते प्रहरीको जिल्ला अस्पताल मंलगवामा उपचार भैरहेको छ भने भारतीय नागरिकको भारतमै उपचार भैरहेको बताइएको छ।

भारतीय नागरिकहरुले भने सशस्त्र प्रहरीले गाँउमा नै पसेर आफूहरु माथि दुर्व्यवहार गरेको आरोप लागएका छन्। भारतीय नागरिकले नारायणपुर नाकाबाट सामान बोकेर सजिलै नेपाल छिर्न पाउनुपर्ने भन्दै सशस्त्र प्रहरी पोष्ट घेराउ गरेका थिए।

अहिले घटनास्थलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततीय सीमा सुरक्षा बलका अधिकारीहरु बिच छलफल भैरहेको छ । नारायणपुर सीमा नाका भारतीय तस्करहरुले विभिन्न मालसमान नेपाल भित्र्याउने तस्करी नाकाको रुपमा परिचित छ ।

सशस्त्र प्रहरीको ड्युटी परिवर्तन हुने मौका छोपेर भारतीय तस्करले नेपाल तर्फ त्यस नाकाबाट कपडा, खाद्यान्न, भाँडाकुडा, रसायनिक मल लगायत अन्य समान ल्याउने गरेका छन् ।

केही दिन पहिले पनि भारतीय समान नेपाली बजारमा बिक्री गर्नु पाउनु पर्ने माग राख्दै भारतीयहरुले विष्णु गाउँपालिकामा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्टमाथि आक्रमण गरेका थिए।

सम्बन्धित खवर