कांग्रेसका युवा नेता शाहले पाए बिश्व हिन्दु महासंघ युवा बिभाग प्रमुखको जिम्मा !

कांग्रेसका युवा नेता शाहले पाए बिश्व हिन्दु महासंघ युवा बिभाग प्रमुखको जिम्मा !

कास्की : नेपाल विद्यार्थी संघका पुर्व उपाध्यक्ष तथा नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले बिश्व हिन्दु महासंघको कार्यकारिणी सदस्य तथा युवा बिभाग प्रमुखको जिम्मेवारी पाएका छन् । आज विश्व हिन्दु महासंघका अध्यक्ष डाक्टर रामचन्द्र अधिकारीले शाहलाई उक्त जिम्मेवारी दिएका हुन् ।

कांग्रेसको भातृ संगठन ने.बि. संघको पुर्वउपाध्यक्ष एवं नेपाली काँग्रेसका युवा नेता शाहले नेपाललाई बिकसित मुलुकमा रुपान्तरण गरेर बलियो अर्थतन्त्र बनाउन नेपालले पूर्वीय दर्शनका मुल्य मान्यतालाई बोकेर अगाडि बढ्नु पर्छ भनेर अभियान संचालन गर्दै आइरहेका छन्।

केही समय यताबाट नेता शाह पुर्वीय दर्शन मौलिक अर्थनीति पक्षधरका अभियन्ताका रुपमा परिचित भएका छन्। अभियन्ता शाहले देशभरबाट हजारौं युवाहरुको साथ पाएका छन् भने उनी गाजा आन्दोलनको समेत प्रखर अभियन्ता हुन्।

सम्बन्धित खवर