मंगलबारे अस्पतालको नामाकरण विवाद पेचिले बन्दै, मुख्यमन्त्रीको पुत्ला दहन

मंगलबारे अस्पतालको नामाकरण विवाद पेचिले बन्दै, मुख्यमन्त्रीको पुत्ला दहन

पथरी, पछिल्लो समय मंगलबारे अस्पतालको नामाकरण विवाद पेचिलो बन्दै गएको छ । नामाकरणको विषयमा मंगलबारेबासी सबैको सहयोग रहेको मुख्यमन्त्रीको अभिव्याक्ति आएपछि संघर्ष समितिले प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको पुत्ला जालाएका छन् ।

मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नयाँ नामाकरण गरेर स्तरोन्ती सहित मदन भण्डारी ट्रमा सेन्टर बनाउने निर्णय प्रदेश सरकारले गरेपछि मंगलबारेबासी आन्दोलित बनेका हुन् । विहिबार पनि स्थानीयहरुले पुरानो मंगलबारे सहितका स्थानहरुमा ¥याली गर्दै अस्पताल अगाडी पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभालाई सम्बोदन गर्दै स्थानीय युवाहरूले प्रदेश सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका हुन् । बुधवार प्रदेशसभा बैठकमा मन्त्री राईले मदन भण्डारी अस्पताल नामकरणको विपक्षमा आवाज उठ्नु निन्दनीय भएको अभिव्यक्ति दिएका थिए ।

राईले स्थानीय केही युवाले मङ्गलबारेमै सुरु गरिएको विरोधको प्रतिवाद गर्दै ‘मदन भण्डारीको नामलाई अस्वीकार गर्नु भनेको समग्र देशको परिवर्तनलाई अस्वीकार गर्नु हो। परिवर्तनलाई अवज्ञा गर्नु सरह हो’ भनेका थिए ।स्थानीय युवाहरूले प्रदेश सरकारलाई मङ्गलवारे अस्पतालकै नाममा बजेट ल्याउन माग गरेर विभिन्न निकायलाई ध्यानाकर्षण पत्र समेत बुझाई सकेका छन् ।

सरकारले विशेषज्ञ चिकित्सक र त्यसका लागि आवश्यक उपकरण सहितको प्रादेशिक अस्पताल बनाउने निर्णय गरे पनि हालसम्म अस्पतालको स्वामित्व हस्तान्तरण भएको छैन । नयाँ आर्थिक वर्षबाट प्रदेश सरकारबाट अस्पताललाई बजेट ल्याउने तयारी सँगै नाम परिवर्तनको विवादास्पद बनेको हो ।

स्थानीयहरूले प्रदेश सरकारले मङ्गलवारे अस्पताल स्तरोन्नति गरेर गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय स्वागतयोग्य रहे पनि मङ्गलवारे अस्पतालको पहिचान नै मेटिने गरिन नाम अगाडि सारिदा आफूहरूको आपत्ति रहेको बताएका छन् ।

२०४९ सालमा स्थापना भएर १५ शैयाको मंगलबारे अस्पतालमा स्तरोन्नती भएको थियो । प्रदेश सरकारले अस्पताललाई ५० शैयामा स्तरोन्नती गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको छ ।

त्यसका लागि अस्पतालमा अपरेशन थ्रिएटर तथा उपकरण खरिद गरेर करिब ४ करोड बजेट आइसकेको छ । अस्पतालमा करोडौंको उपकरण खरिद गरेर जडान भइसकेको छ । अस्पतालमा हाल प्रसूति र एपेन्डिसाइट्सको श्ल्याक्रिया पनि उपलब्ध हुदै आएको छ ।

पूर्व पश्चिम राजमार्गमा सगै जोडिएको मंगलबारे अस्पतालमा दुर्घटनामा परेका मानिसहरुको उपचार गराउन सहज हुने भएकाले प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकासित गर्न खोजेको छ ।

सम्बन्धित खवर