बुद्ध माविलाई ५ कराेड अनुदान

बुद्ध माविलाई ५ कराेड अनुदान

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर आठ स्थित बुद्ध माध्यमिक विद्यालयलाइ भवन निर्माणका लागि क्रमागतरुपमा पाच करोड रुपैयाँ अनुदान प्राप्त भएको छ ।

आगामी आर्थिक बर्षको लागि बहुबर्षिय योजना अन्तरगत भवन निर्माण गर्नका लागि संघिय सरकारको तर्फबाट विशेष अनुदान स्वरुप एक करोड पचहत्तर लाख रुपैयाँ विनियोजन भएको विद्यालय ब्यबस्थापन समितिका सदस्य तेजिन्द्र पाण्डे (रमेश) ले बताए ।

सुबिधायुक्त भवनको अभाब भोगिरहेको विद्यालयमा उक्त योजना लागू भएपछि भने निकै ठूलो उपलब्धी हासिल गर्ने विद्यालयका प्रधानाध्यापक बोधराज सिग्देलले बताएका छन् ।

यस योजनाको लागि पहल गर्नका लागि सोहि बिद्यालयका पुर्व विद्यार्थी नवीन जङ्ग कार्कीको नेतृत्वमा गत माग ९ गते प्रधानाध्यापक बोधराज सिग्देल र युवा नेता सन्तोष वान्तवाको टोलि संघीय राजधानी काठमाण्डौ गएको थियो । टोलिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, अर्थमन्त्री युवराज खतिवडा लगाएतलाइ भेट गरि बिधालयको लागि बजेट उपलब्ध गराउन पहल गरेको थियो।

सम्बन्धित खवर