Breaking news : ‘१० अर्ब खै ?’ भन्दै चितवनमा प्रदर्शन जारी

Breaking news : ‘१० अर्ब खै ?’ भन्दै चितवनमा प्रदर्शन जारी

चितवन : कोरोना उपचारका लागि सरकारले खर्च गरेको रकम सार्वजनिक गर्न माग गर्दै चितवनमा युवाहरुले मौन प्रदर्शन गरेका छन् । सरकारले कोरोना उपचारका लागि अहिलेसम्म दस अर्ब रुपैयाँ खर्च भएको सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ ।

जिल्लाका विभिन्न स्थानबाट भरतपुरमा जम्मा भएका युवाहरुले राष्ट्रभक्तिका गीत बजाएर प्ले कार्ड प्रदर्शन गरेका थिए । युवाहरुले कोरोना संक्रमण रोक्नुभन्दा सरकारले गरेको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने पीसीआर जाँचको दायरा बढाउनु पर्ने, क्वारेन्टिन व्यवस्थापन राम्रो गर्नुपर्ने लगायतका माग भएको प्ले काड प्रदर्शन गरेका थिए ।

सम्बन्धित खवर