रंगेली कानेपोखरी सडकको काममा एक बर्ष ढिलाइ

रंगेली कानेपोखरी सडकको काममा एक बर्ष ढिलाइ

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली कानेपोखरी सडक खण्ड निर्माणकार्य सम्झौता भन्दा एक बर्ष ढिलाइ भएको छ । लामा डाँफे द कञ्चनजंगा कन्ट्रकसनले कानेपोखरी देखि दर्वेशा चोकसम्म कालोपत्रेको काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन् ।

लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले २०७४ असार ६ गते कामको जिम्मा पाएको थियो । उक्त काम २०७६ असार ५ गते सबै कालोपत्रे गरी सकेर सडक सरकारलाई जिम्मा लगाउने सम्झौता थियो तर २०७७ जेठ २८ गते वितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन् । काममा ढिलाइ हुदा समेत सम्बन्धित निकाय बेखवर बनेको छ ।

कानेपोखरी देखि नेपाल भारतको सिमानामा रहेको चोप्राहा सम्म २५.४ किलोमिटर लम्बाई निर्माण योजनामा रहेको छ । विभिन्न कारणले गर्दा काममा एक वर्ष ढिलाइ भएको लामा डाँफे द कञ्चनजंगा कन्ट्रसनका प्रोजेट कन्ट्रयाक प्रमुख प्रविण शेर्पाले बताए । शेर्पाका अनुसार पुनः आफुहरुले कामको समय थप गरि काम सुरु गरेको र असार मसान्तसम्म सम्पुर्ण काम गरिसकिने तायरी रहेको छ ।

उक्त सडकका लागि नेपाल सरकारले कूल ७० करोड २४ लाख ३१ हजार ६ सय ७९ रुपैयामा सडक निर्माणको ठेक्का लगाएको हो ।

सम्बन्धित खवर