गण्डकीमा थपिए २ संक्रमित, १ सय ४७ मा संक्रमण

गण्डकीमा थपिए २ संक्रमित, १ सय ४७ मा संक्रमण

पाेखरा : गण्डकी प्रदेशमा काेराेनाका २ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्दशनालयका अनुसार नवलपुरकाे गैंडाकोट नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका २३ र २६ वर्षे पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरुलाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखिएको छ | यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४७ पुगेको छ |

सम्बन्धित खवर