प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराउँदै

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोभिड–१९ को महामारी नियन्त्रण, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न असफल भएको वर्तमान सरकारलाई तत्काल चाल्नु पर्ने कदम बारे आज छ ।

कोभिड–१९ को महामारी नियन्त्रण गर्न, यसका अल्पकालीन र दीर्घकालिन नकारात्मक प्रभाव न्यून गर्न, जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन सरकारले तत्काल चाल्नु पर्ने कदमका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन लागेको कांग्रेसले जनाएको छ ।

केन्द्रीय समितिको गत सोमबार बसेको बैठकको निर्णय अनुसार केन्द्रमा प्रधानमन्त्री ओली र जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत् ज्ञापनपत्र बुझाइने कांग्रेसले जनाएको छ ।

ज्ञापनपत्र बुझ्नका लागि प्रधानमन्त्री ओलीले बिहान १० बजेको समय उपलब्ध गराएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय विपतका बेला स्वास्थ्य सामग्री खरीदमा निरतन्तर भ्रष्टाचार भइरहँदा समेत प्रधानमन्त्री ओलीले आँखा चिम्लिनु आश्चर्यजनक भएको उनले बताए ।

सम्बन्धित खवर