चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखियो

चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखियो

चितवन । चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरमा गरिएको परीक्षणमा भरतपुरकै एकजना र कालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी २८ वर्षीय एक पुरुष र कालिका नगरपालिका वडा नम्बर ६ जुटपानी निवासी २० वर्षी पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

चितवनमा हालसम्म २७ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना उपचारपछि घर फर्किएका छन् ।

सम्बन्धित खवर