ओखलढुंगा प्रदेश नं १ कै एक्लो कोरोनाको संक्रमण नदेखिएको जिल्ला

ओखलढुंगा प्रदेश नं १ कै एक्लो कोरोनाको संक्रमण नदेखिएको जिल्ला

 

ओखलढुंगा । प्रदेश नं १ का १४ जिल्लामध्ये १३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । मंगलबार इलाममा समेत एकजना कोरोना संक्रमित भेटिएसँगै ओखलढुंगा प्रदेश नं १ कै कोरोनाको संक्रमण नदेखिएको जिल्ला बनेको छ ।

नेपालभर भने ५ वटा जिल्लामा कोरोनाको संक्रमण देखिएको छैन । जसमा ओखलढुंगासहित रसुवा, मनाङ, मुस्ताङ र रुकुम पश्चिम रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार ८५ जना कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा ५ सय ८४ जना डिस्चार्ज भइसकेका छन् । तथ्यांक अनुसार १५ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर